English

नेपालको पर्यटन प्रर्वद्धन हेतु बेलायतमा ‘हाइक फर नेपाल’



बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै झै वी वील राइज फाउन्डेसन र नेपाली सोसाइटी ब्रेकन वेल्ससँगको सहकार्यमा जुलाई २६ (शुक्रबार) देखि २८ (आइतबार) सम्म कार्यक्रमको छैठौं संस्करणको आयोजना गरेको हो ।

पर्यटन प्रर्वद्धनसँगै आफ्नो मातृभूमिको सम्झनामा प्रारम्भ गरिएको यस पदयात्रा अभियानले बेलायतमा पर्वको रुप लिइसकेको छ । मञ्चले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको पदयात्रा कोभिड–१९ का कारण दुई वर्ष रोकिएपनि त्यसपश्चात यसले पुनः निरन्तरता पाएको छ । सहरको कोलाहलमय वातावरणबाट टाढा प्रकृतिको काखमा रमाउनेहरुको लागि यो कार्यक्रम विशेष बन्दै गएको छ ।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्पले ठूलो जनधनको क्षति गर्यो । मातृभूमिका लागि विदेशमा रहेका नेपालीले पनि केही गर्नुपर्छ भन्ने लागेर पदयात्रा शुरु गरिएको कार्यक्रमका संयोजक तथा संचालक मानप्रसाद गुरुङले बताए । गुरुङ संस्थाका पूर्व अध्यक्ष हुन् । पदयात्रा थलो वेल्स जर्ज एभरेष्टको जन्मभूमि पनि हो । सन् १८५७ मा यिनैको टोलीले सगरमाथाको सर्वेक्षण गरेको थियो । पछि सगरमाथाको नाम नै एभरेष्ट नामाकरण गरियो ।

हाइक फर नेपालको पहिलो दिन सहभागीहरु ब्रेकनको क्याम्पिङ साइटमा पुगेका थिए । इभेन्टमा आउटडोर क्याम्प, सेल्फ कुकिङ, नेपाली खानाको स्टल, लाइभ संगीत, डिजे शो तथा बालबालिकाका खेल मुख्य आकर्षण थिए । दोस्रो दिन स्थानीय पिक हिलमा सामूहिक हाइकिङ गरिएको थियो । कार्यक्रममा सहभागीहरुले ब्रेकनमा नेपालीहरुको पहलमा निर्माण हुंदै गरेको नेपाली भिलेजको अवलोकन भ्रमण समेत गरेका थिए । आउटडोर क्याम्पिङ, सेल्फ कुकिङ, नाचगान, साथीभाइ र परिवार बीचको जमघटले हाइक फर नेपाल चर्चित कार्यक्रम बन्दै गएको छ ।

मञ्चका उपाध्यक्ष गंगा प्रसाद गुरुङ (पवित्रा) ले यस कार्यक्रम आयोजनाको उद्देश्य नेपालको पर्यटन प्रवर्द्धनका लागि मात्र नभएर स्थानीय समुदायसँग सांस्कृतिक आदानप्रदान गरिनु पनि रहेको बताए । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ यूके साथै ग्रेटर रेडिङ नेपाली सोसाइटी, रामबजार सोसाइटी यूके र बगर भाइखलक यूकेसहितका संस्थाको पनि सहयोग रहेको थियो । भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवर्धन हेतु वी विल राईज फाउण्डेसनको आयोजनामा सन् २०१६ मा पहिलोपटक हङकङबाट ‘हाइक फर नेपाल’ को सुरुवात भएको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।