English

सौर्य एयरलाइन्स दुर्घटना : १७ नेपाली र एक यमनका नागरिकको मृत्यु

क्याप्टेन शाक्यको अवस्था खतरामुक्त


काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ। बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो। ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्‍याएको छ। उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ लियो । अर्थात् जहाज उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुग्यो ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् । जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा