English

सन्दीपलाई क्यानले दियो ए ग्रेडको सम्झौता, उपाध्यक्ष सिंहसहित चार जनालाई सोध्यो स्पष्टीकरण

महिला क्रिकेटर अप्सरी बेगम निलम्बन


नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

त्यसैगरी संघले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरूले टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट संघ र पदाधिकारी लक्षित नकारात्मक टिकाटिप्पणी गरेको क्यानको आरोप छ ।

क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । महिला टी–२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । त्यसक्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।

क्यानले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइसकेको छैन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested