English

कर तिर्ने म्याद थप गर्न महासंघको आग्रह



नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएकाले यो परिस्थितिलाई बुझ्न आग्रह गरेको हो ।

यस्तो अवस्थामा सार्वजनिक सवारीसाधन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसक्ने भन्दै महासंघले म्याद थप गर्न आग्रह गरेको हो ।

यसका लागि महासंघले सरकारका सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मूल्य अभिवृद्धि कर तथा अन्तः शुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरुको विवरण बुझाउने म्याद र रकम भुक्तानीको समय थप गर्न भन्दै पत्राचार गरिएको महासंघले जनाएको छ ।

गत वर्षको लामो लकडाउनका कारण भर्खरै तंग्रिन सुरु गरेको व्यापार व्यवसाय दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ । यस्तो अवस्थामा सार्वजनिक सवारीसाधन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसक्ने भन्दै महासंघले म्याद थप गर्न आग्रह गरेको हो ।

यसैगरी, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि यस्तो अवस्थामा कर तिर्न नसकिने भन्दै म्याद थप्न गर्न आग्रह गरेका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्