English

श्रीलंकामा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय तालिम



कोलम्बो प्लान को सहकार्यमा राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल को सहकार्यमा जुलाई १ बाट श्रीलंकाको राजधानी कोलम्बोमा ५ दिनको मर्यादित महिनावारी अन्तर्राष्ट्रिय प्रशिक्षक तालिम सुरु भएको छ! महिनावारी विभेद अन्त गरि महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने बिषयमा केन्द्रीत सो तालिमको नेतृत्व “नेपाल” ले गरेको छ।

राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजालका संस्थापक डा राधा पौडेलको नेतृत्वमा सचालन गरिएको सो तालिममा १४ देशका २६ जनाको सहभागिता रहेको छ! तालिममा नेपाल , भारत, अमेरिका, बेलायत, दक्षिण कोरीया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्यान्डस लगायतका देशहरुका प्रतिनिधीहरु सहभागी भएका छन! तालिममा नेपाल लगायत बिश्वभरी रहेको महिनावारी बिभेदलाई थप उत्खनन गरि महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने बिषयमा गहन छलफल गरीने संयोजक डा पौडेलले बताएकी छन!

मर्यादित महिनावारी सबै क्षेत्रमा काम गरीनुपर्ने बिषय हो पौडेल ले भनिन! यस तालिममा सरकारी, संयूक्त राष्ट्र संघीय कार्यक्रम, गैर सरकारी संघ संस्था , निजी क्षेत्र, संचार माध्यम सबैको सहभागिता रहेको उनले बताईन! जुलाई १ देखि ५ सम्म संचालन गरीने सो तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम पुस्तिका समेत बिमोचन गरीनेछ! मुख्यत: क्षमता अभिबृद्धी, प्राविधिक सहयोगको क्षेत्रमा केन्द्रीत रहेको कोलम्बो प्लानले पहिलो पटक मर्यादित महिनावारीमा सहकार्य गरेको हो। सन १९५१ मा स्थापना भएको कोलम्बो प्लान मा नेपाल लगायत २८ राष्ट्रहरु सदस्य रहेका छन! संस्थाको सचिवालय श्रीलंकाको राजधानी कोलम्बोमा रहेको छ! डा पौडेल को साथ फाउन्डेशनका सपना पौडेल, लाल चलाउनी, उषा पौडेल, राधा पौडेल फाउन्डेशनको मिडिया पार्टनर नेपाल एफ एम का प्रोग्राम डायरेक्टर, प्रस्तोता एवम संचारकर्मी गोबिन्द खड्का र बेलायतबाट फाउन्डेशन मा ईन्टर्न गरीरहेकी बेजिङ्गस्टोक निवासी निनम्मा लिम्बु श्रीलंका गएका छन!



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested