English

प्रितम श्रेष्ठको ‘मायालु’मा दिपिका र मुकुन्दको रोमान्स (भिडियो )



गीतकार प्रितम श्रेष्ठले  आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन्। ‘मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत  एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन्।

म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।  प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल ‘प्रितम श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो।

यसअघि गीतकार श्रेष्ठले  आफ्नो पहिलो म्यूजिक भिडियो ‘तिमी हिँड्ने गल्लि’ ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए।

हाल गीतकार  श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन्। उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए। नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन्। 



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested