English

कान्सको रेड कार्पेटमा नेपाली मोडेल अनिता लिम्बु (फोटोफिचर)



हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले धेरै मिडियामा छायो । हरेक बर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा आयोजना हुने चलचित्र महोत्सव फिल्म र फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रुपमा रहने गर्दछ।

कान्स फिल्म फेस्टिभलको इतिहास लामो भएपनि नेपाली सेलेब्रेटीहरुको कान्स यात्रा धेरै भएको छैन । यसअघि नेपालबाट नायिकाहरु प्रियंका कार्की , सुरक्षा पन्त लगायतले सहभागिता जनाइसके पनि नेपाल बाहिर लन्डनबाट यस बर्ष मोडेल अनिता लिम्बुले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी छिन् । लन्डनमा हुने धेरै फेशन शोहरु देखि चर्चित टेलिभिजन रियालिटी शो सम्म सहभागिता जनाइसकेकी इटहरी, सुनसरकी मोडेल अनिताले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ