English

सुरेश लामाको ‘माया बस्यो’



गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ।  निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  यो समाचार तयार पार्दा सम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।  

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल  हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् । उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा  नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील  परिवारको रुपमा चिनिन्छ । डा.  एलिया नेपाल र नेपालीलाई मनैदेखि माया  गर्छिन्।  ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्। 



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन