कोरोनाबाट मृत्यु हुनेको नयाँ रेकर्ड, एकैदिन ७६६० जनामा संक्रमण
नेपालमा थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यो नेपालमा एकैदिन मृत्यु भएकाको सबैभन्दा धेरै संख्या हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।

आज १६ हजार ७ सय २ जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये आरटीपीसीआर विधिबाट १६ हजार १ सय ३१ र एन्टिजेन विधिबाट ५ सय ७१ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २५३ रहेको छ भने ५९ हजार ७ सय ९८ जना आइसोलेशनमा रहेका छन् ।

