English

आज अर्थ आवर : किन निभाइन्छ एक घण्टा बत्ती ?



आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको यो अभियानले विश्वको समर्थन पाइरहेको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को अगुवाइमा सञ्चालित यो अभियान यसपालि पनि संसारभर मनाइँदै छ ।

सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको अर्थ आवरलाई २०२३ सम्म आइपुग्दा १९० देशले साथ दिएका छन् । नेपालमा पनि एक दशक अघिदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अर्थ आवर मनाइँदै आएको छ । यसपटक भने ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

सुरुवाती दिनहरूमा मैनबत्ती प्रज्वलन, वृक्षारोपण, एलइडी लाइट वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले आजको दिनसम्म आइपुग्दा ठूलो जमातलाई एकीकृत गर्दै विभिन्न वातावरणीय विषयवस्तुलाई उजागर गर्न थालेको छ ।

त्यसो त आज बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म संसारका १ सय ९० देश अन्धकारमा रहन्छन् । अमेरिकाको ह्वाइट हाउस होस् या अस्ट्रेलियाको ओपेरा हाउस अर्थात् विश्वको अग्लो भवन बुर्ज खालिफादेखि दिल्लीको कुतुबमिनार नै किन नहोस् । यी सबै एक घण्टा अन्धकारमय रहन्छन् ।

किन निभाइन्छ एक घण्टा बत्ती ?

यतिबेला विश्वमा परमाणु अस्त्र र न्युक्लियर विपन्सको चाङ लागिरहेको छ । त्यसको परीक्षण र कहिलेकाहीँ हुने प्रयोग अथवा कुनै हिसाबले त्यसको दुरुपयोग हुँदा मानव जाति र पृथ्वीकै अस्तित्व खतरामा पर्ने स्थिति छ । त्यसैले, वातावरण सुरक्षाका लागि जागरण अथवा जनचेतना जगाउन यसको पक्षमा लाग्नका एक घण्टा बत्ती निभाएर अनावश्यक खर्च कटौती गर्ने उद्देश्यले यो कदम सुरु गरिएको हो ।

यो पनि…
सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।