English

मिलनको क्यामरामा विश्वकै दुर्लभ पक्षी



चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क्यामरामा कैंद गरेका छन् । तामाङले हालसम्म ४ सय ५० बढी प्रजातिका चराहरु क्यामरामा कैद गरिसकेको बताए । उनले यी चराहरु चितवन, नवलपरासी, बर्दिया, पोखरा, काठमाडौँ, दामन, कोशी, हेटौडा लगायतका क्षेत्रहरुमा खिचेका हुन् । चरा भनेपछि हुरुक्कै हुने तामाङ तस्बिर खिच्नकै लागि हालै काठमाडौँ आएका थिए ।

फूलचोकी क्षेत्र विश्वमै दुर्लभ सूचीमा रहेका पक्षीहरूको बासस्थान हो । यहाँ राष्ट्रियस्तरमा खतराको सूचीमा रहेका लोपोन्मुख वन चाहा, डङ्गर गिद्ध, लघु महाचिलसहित नेपालका ९ वटा संरक्षित पक्षीमध्ये मुनाल समेत भेटिने गरेको छ । नेपालका मध्यपहाडी भेगमा पाइने अधिकांश चराहरू गोदावरी–फूलचोकीमा भेटिन्छन् । फूलचोकीमा ३५९ प्रजातिका पक्षी अभिलेख भएका छन् । नेपालका सीमित क्षेत्रमा मात्र पाइने भनेर अभिलेख भएका ढिकुरे भ्याकुर, काँडे भ्याकुर, वन चाचर र चस्मे चरीको विचरण क्षेत्र समेत हो गोदावरी ।

तस्बिर : मिलन तामाङ/मेरोलाइफस्टाइल डट कम



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।