English

बिवाइडीका दुई कार ‘वर्ल्ड कार अवार्ड २०२४’ को टप थ्रीमा



स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीको घोषणा गर्दा बिवाइडी सिलले ‘वर्ल्ड कार अफ दी इयर’ र बिवाइडी डल्फिनले ‘वर्ल्ड अर्बन कार’ श्रेणीमा टप थ्रीमा स्थान हासिल गरेको हो । बिवाइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको कम्पनीको भनाइ छ ।

वर्ल्ड कार अवार्ड श्रेणीको शीर्ष तीनमा सूचीकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको कम्पनीले जनाएको छ । विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्वपूर्ण पुरस्कारका रूपमा चिनिएका ‘वर्ल्ड कार अवार्ड’, ‘युरोपियन कार अफ दी इयर’ र ‘नर्थ अमेरिकन कार अफ दी इयर’ अत्यधिक रूपमा प्रशंसित रहेको जनाइएको छ । ‘विश्वमा अटोमोटिभ ओस्कर’का नाममा प्रसिद्ध भएको ‘वर्ल्ड कार अवार्ड’ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतीक्षित कार्यक्रमका रूपमा विशेष चर्चा गरिने कम्पनीको दाबी छ । बिवाइडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्‍याएको कम्पनीले जिकिर गरेको छ ।  

यी दुई मोडलहरूले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताका कारण २९ देशका एक सय अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञको ध्यान आकर्षित गरेको कम्पनीको भनाइ छ । सन् २०२३ मा यी दुई मोडलका गाडीले युरो एनक्याप र एएनक्याप परीक्षणमा पनि पाँच ताराको रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा