English

टिकट अग्रिम सोल्ड आउट हुने हङकङको ‘एलजी नाइट’ (फोटो फिचर)



सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको थियो । १६ औं एलजी नाइटमा निम्त्याइएका चर्चित कलाकारहरुको प्रस्तुतिले करिब तीन घण्टा हङकङको माहौंल मज्जाले गर्मायो । ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा सधै दर्शकको घुइचो लाग्ने गर्छ । एलजी नाइट एकमात्र यस्तो कार्यक्रम हो जसका लागि दर्शक कुरेरै बस्छन् । यसपटक कार्यक्रममा मनोज गजुरेल, जितु नेपाल, प्रमोद खरेल, प्रकाश सपुत, चिज गुरुङ, देवी आले, कविता नेपाली, प्रगती पुन लगायत भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामा र इन्डियाज् डान्सबाटै चर्चामा आएका साजन सिंह सहभागी थिए ।

चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानाको आयोजना र एलजी एसोसियसनको प्रस्तुतिमा वर्षेनी एलजी नाइट आयोजना हुँदै आएको छ । यो कार्यक्रम हङकङका लागि ड्रिम कन्सर्ट हुने गरेको छ । चर्चित कलाकारहरु समेत यसमा सहभागिता जनाउन लालयित हुने गरेका छन् । सधैं झै यसपटक पनि संकलित रकमबाट खर्च कटाइ परोपकारी संस्थालाई सहयोग गर्ने योजना रहेको आयोजकले जनाएका छन् ।

हेर्नुस, यस्ताे देखियाे ‘ज्याप स्टुडियो हङकङ’ ले खिचेकाे तस्बिरमा एलजी नाइट ।




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested