English

नमूना बन्दै नवलपुर कावासोतीको नमूना मध्यवर्ती



नवलपुर कावासोतीको नमूना मध्यवर्ती सामुदायिक वनले पछिल्लोसमय आफुलाई अब्बल बनाउन लागिपरेको छ । कावासोती वडा न ७, १२ र १३ मा पर्ने यो सामुदायिक वन ४०९.७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा बाघ, भालु, गैडा, चितुवा, मृग, चित्तल लगायत लोपोन्मुख गिद्धको समेत बासस्थल रहेको छ । नेपालीले रु. एकसय र विदेशीले पाँच सय तिरेपछि नमूना मध्यवती प्रवेश घुम्न सकिने वनका अध्यक्ष राजकुमार गुरुङले बताए । करिब ८ सय ५० घरधुरी रहेको यस क्षेत्रमा पछिल्लोसमय माछापालन व्यवसाय फस्टाउँदो क्रममा छ । माछापालनले बन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको छ । अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पुर्याीउने हुँदा वन नजिकमा माछापालन व्यवसाय फस्टाउँदै गएको हो । यसले वन्यजन्तुले बाली मास्ने समस्या मात्र हटेको छैन् कृषकहरुले माछापालन व्यवसायबाट राम्रो आम्दानी समेत गर्न सकेका छन् ।

नमूना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङ र वाइल्डलाईफ फोटोग्राफर मिलन तामाङ ।

तस्बिर : मिलन तामाङ



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested