English

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, राजपत्रमा सूचना प्रकाशित



सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७८ साउन १ गतेबाट लागू हुने भन्दै सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी चिया बगान बाहेकका श्रमिकका लागि नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको जनाएको छ ।

निर्धारित पारिश्रमिकमा श्रमिकले मासिक आधारभूत पारिश्रमिकतर्फ ९ हजार ३ सय ८५ रुपैयाँ र महंगी भत्ता अन्तर्गत ५ हजार ६ सय १५ रुपैयाँ गरी १५ हजार पु¥याइएको राजपत्रमा उल्लेख छ ।

यसैैगरी, दैनिकमा आधारभूत पारिश्रमिक ३ सय ६१ र महंगी भत्ता २ सय १६ गरी ५ सय ७७ रुपैयाँ कायम गरिएको छ । प्रतिघन्टा आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महंगी भत्ता २९ रुपैयाँ गरी ७७ रुपैयाँ निर्धारण गरिएको राजपत्रमा उल्लेख छ । यसका अतिरिक्त श्रमिकलाई सञ्चय कोष, सामाजिक सुरक्षा कोष, उपदान लगायतका सुविधा दिनुपर्ने बताइएको छ ।

हाल श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० छ ।

राजपत्रमा प्रकाशित सूचना



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested