हङकङमा यःमरि पुन्हि
नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा हङकङमा पनि मनाइएको छ । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन । विगतमा मुख्यतयाः राजधानी केन्द्रित यस्ता कार्यक्रम हाल आएर मोफसल र विदेशमा समेत मनाउन थालिएको छ । नेवार समाज हङकङले हालै क्यास्टल पिक बिच, चुनमुनमा यःमरि पुन्हि मनाएको हो । कार्यक्रममा नेवार समुदाय सँगै गैरनेवार विभिन्न जातजातिहरुको उल्लेख्य सहभागिता थियो ।
तस्बिर : जगत अम्बु गुरुङ








