English

एकैदिन ७,४४८ लाई कोरोना संक्रमण



नेपालमा गत २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ३ सय ६२ पुगेको छ । गत २४ घण्टामा २ हजार २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ श्र गत २४ घण्टामा नेपालमा १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ भने ५ सय १८ जनाको एन्टिजन परीक्षण भएको छ ।

योसँगै नेपालमा हालसम्म २५ लाख २१ हजार १ सय ६४ जनाको कोरोना परीक्षण भएको छ । नेपालको क्वारेन्टाइनमा हाल २ सय १२ जना रहेका छन् भने आइसोलेशनमा ५४ हजार ४१ जना आइसोलेशनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

अन्योलमा राष्ट्रिय जनगणना

कोरोनासँग जोडिएका १० भ्रम र सत्य

दैनिक उपभोग्य वस्तुको आयात र ढुवानीमा नयाँ नियम लागू

यी हुन् निषेधाज्ञा जारी भएका ४१ जिल्ला

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार