English

यस्तो छ अगामी तीन दिनको मौसम



हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका प्रदेश नम्बर १, प्रदेश २ तथा पहाडी भू-भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

त्यस्तै महाशाखाका अनुसार वैशाख २० गते रातीः देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ वैशाख २१ गते (मंगलवार)

दिउँसोः देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ वैशाख २२ गते (बुधवार)

दिउँसोः देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा तथा एक,दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार