English

बुटवलमा यःमरि महोत्सव (फोटो फिचर)



नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन । विगतमा मुख्यतयाः राजधानी केन्द्रित यस्त कार्यक्रमहरुले मोफसलमा पनि निरन्तरता पाउन थालेको छ । भिमसेन नेवाः समाज, भिमसेन नेवाः मैजु पुच बुटवलले सोमबार यःमरि पुन्हि मनाएको छ । विगतमा सभाहलमा गरिने यो कार्यक्रम पहिलोपटक महोत्सवका रुपमा सडक छेउ आयोजना गरिएको थियो । योमरी अचार लगायत राखिएको स्टलमा नेवार समुदाय सँगै गैरनेवार विभिन्न जातजातिहरुको उल्लेख्य सहभागिता थियो । करिब तीनसयले योमरी स्वाद लिएका थिए । ढिलोगरी पुगेका धेरैलाई योमरी चखाउन नपाएको आयोजक संस्थाले जनाएको छ । धेरैले परिकार मिठो लागेको बताउँदै बनाउँने विधीबारे जिज्ञासा राखेका थिए ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरि’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गरिन्छ । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । यःमरी खाइने भएकोले यसलाई यः मरि पुन्ही ((यः मरि पूर्णिमा) पनि भन्ने गरिन्छ । नेवार संस्कृतिमा यःमरिको विशेष महत्त्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरि पुन्हीका दिन सबैले यःमरि सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ ।

सोही समारोहमा बुटवल उप–महानगरपालिका वडा नम्बर ३ ले भिमसेन नेवाः मैजु पुचलाई पचास हजार रुपैयाँको नेवारी धिमे बाजा र झ्याली सहयोग स्वरुप प्रदान गरेको थियो । यसका लागि मैजु पुचकी अध्यक्ष बबिता श्रेष्ठले वडालाई धन्यवाद दिदै खुशी व्यक्त गरिन् ।

वडा नम्बर ३ का सदस्य हरिनारायण मिश्राको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमकी विशिष्ठ अतिथि वडाकै सदस्य पवित्रा श्रेष्ठ थिइन् । विष्णुमाया श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रमको संचालक भिमसेन समाजका सचिव विष्णु श्रेष्ठ र नेवाः मैजु पुचकी महासचिव अर्पणा श्रेष्ठले गरेकी थिइन । कार्यक्रममासंस्था भिमसेन सेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठको जन्मदिन समेत मनाएर रमाइलो गरिएको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।