English

दस हजार मिटर उचाइमा उड्ने कमन क्रेन (कर्याङकुरुङ) चितवनमा



कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल आइपुग्ने पाहुँना चरा योपटक पनि हुल बाँधेर आइपुगेका हुन् । कमन क्रेन मुख्यगरी मंगोलिया, अफ्रिका, इरान लगायतका मुलुकमा पाइने लोपोन्मुख चरा हो ।

गर्मीयाममा आफ्नै ठाउँमा बसेर बच्चा कोरल्ने यी चरा जाडो लागेपछि नेपाल, भारत लगायतका दक्षिण एसियाली देशहरूमा आइपुग्छन् । विशेषगरी चितवनमा भेटिने यी चरा धान आन आइपुग्ने वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले बताए । बसाइसराइका क्रममा १० हजार मिटर उचाइसम्म उड्ने यी चराले २७ सय किलोमिटरसम्मको दूरी पार गर्छन । केहीवर्षअघिसम्म सयौंको संख्यामा देखिने चरा अहिले निकै कम संख्यामा देखिने गरेको तामाङले बताए । जलवायु परिवर्तन तथा बढ्दो अतिक्रमणका कारण बसाइ सरेर यहाँ आउने कमन कर्नको संख्या घटेको उनी बताउँछन ।

तामाङले यो वर्ष २६ वटा चरा देखेको सुनाए । पश्चिम चितवनको दिव्यनगरको फाँटमा दिउँसो चरेपछि यी चरा बास बस्न नारायणी नदीको पारीपट्टिको भंगालोमा पुग्ने गरेको तामाङले बताए । कमन क्रेन नोभेम्बरबाट फेबवरीसम्म नेपालमा देखिन्छन्न । यी चरालाई मंगोलियाले दुर्लभ चराहरूको सूचीमा राखेर संरक्षण गर्दै आएको छ ।

तस्बिर : मिलन तामाङ



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested