English

नेपालमा भेटियो विश्वमै दुलर्भ सेतो गिद्ध



विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो रंगको छ । चराविद्हरुले यसलाई अन्यन्तै दुर्लभ र अकल्पनिय बताएका छन् । यस्तो गिद्ध यसअघि कहिल्यै नदेखिएको उनीहरुको दाबी छ । आँखाको रौँ र आँखा मात्र कालो भएको यो गिद्धको अन्य भाग पुरै सेतो र कहीँकहीँ मात्र थोरै खैरो छ ।

वंशाणुगत गुणमा आएको परिवर्तन, शरीरलाई कालो खैरो बनाउने तत्वको कमी वा जलवायु परिवर्तनका कारण यसो भएको हुनसक्ने चराविद्हरु बताउँछन । वाइल्ड लाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाइड प्रेम महत्तोको टोलीले पहिलोपटक सेतो रंगको हिमाली गिद्ध देखेका हुन् ।

यसबारेको हल्ला फैलिएपछि पछिल्लोसमय गिद्धको तस्बिर खिच्न जटायु रेष्टुरेष्ट पुग्नेहरुको घुइचो बढेको छ । जटायु रेष्टुरेण्ट स्थापना भए पछि सन २०११, सन २०२० र अहिले गरेर तीन पटक फरक–फरक जातका दुर्लभ गिद्ध देखिएका छन् ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा