English

विवाइडीले जोड्यो एघार ठाउँमा डिसी फास्ट चार्जर



विवाइडी नेपालका लागि आधिकारिक वितरक सिमेक्स इङ्कले देशका मुख्य एघार स्थानहरुमा डिसी फास्ट चार्जर जडान गरेको छ । नयाँ जडित चार्जर देशका मुख्य सहर, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएका छन् । यी चार्ज हरु मध्ये दस चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर ६० किलोवाट रहेको कम्पनीले जनाएको छ ।

सिमेक्सले पहिलेनै विभिन्न स्थानमा जडान गरेका ४० किलोवाटका १४ फास्टचार्जर नेटवर्कलाई थप विस्तार गरेको हो । यी चार्जिङ पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने प्रतिबद्धतालाई अझै स्पष्ट पारेको कम्पनीको दाबी छ ।

चार्जिङ स्टेसन भएको ठाउँहरु बारे कम्पनीको वेबसाइट http://cimex.com.np/charging–stations मार्फत जानकारी लिन सकिन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested