English

चितवनमा देखिएको ‘तनकम्प खञ्जरी’ जोडी



पछिल्ला केही वर्ष यता चितवनबाट देखिन छाडेको तनकम्प खञ्जरी (हड्सन रेड्स्टार्ट) चिसो सुरु भए लगत्तै देखिए थालेपछि बर्ड फोटोग्राफी गर्नेहरुमा खुशी छाएको छ । पछिल्लासमय निरन्तर देखिदै आएका चराहरु देखिन छाडेका छन् । यसले गर्दा चरा पाखरीहरुको मन पिरोलिन थालेको छ । केहीदिन अघिमात्र तनकम्प खञ्जरीको तस्बिर खिचेका फोटोग्राफर मिलन तामाङले खुशी व्यक्त गर्दै मेरोलाइफस्टाइललाई यि तस्बिर पठाएका हुन् ।

मिलनले चितवनको पूर्वी भेगमा तनकम्प खञ्जरीको पोथी र अर्का फोटोग्राफर चुडामडि चौधरीले भालेको तस्बिर खिचेका हुन् । सामान्यतया कहिले पोथी र कहिले भालेमात्र देखिदै आएको भएपनि यसपटक दुईवटै देखिएको मिलनले बताए । हेर्दा आकर्षक देखिने यो चरा पहाडी र मनाङ लगायतका उच्च भेगमा पनि पाइने गर्छ । हेर्दा आकर्षक लाग्ने तनकम्प खञ्जरी खेत, घाँसे मैदान, खुला जंगल र नदी किनारमा देख्न सकिन्छ ।

तस्बिर : मिलन तामाङ/चुडामडि चौधरी



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०