English

भारतीय चर्चित गीतकार समीर अन्जान नेपालमा सम्मानित



भारतीय प्रसिद्ध गीतकार समीर अन्जानको शनिबार एक समारोहका बीच अभिनन्दन गरिएको छ । गीतकार संघ नेपाल र श्री लुनकरणदास गंगा देवी चौधरी साहित्यकला मन्दिरद्वारा सयुक्त रुपमा उनलाई सम्मानित गरिएको हो । चार सय हिन्दी सिनेमाका करिब छ हजार गीत लेखिसकेका गीतकार अन्जान पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । समारोहमा गीतकार बसन्त चौधरीले अन्जानको सिनेमा, साहित्य र लेखनबारे अन्जानको योगंदानको चर्चा गरेका थिए । कार्यक्रममा गीतकार एसपी कोइराला, राजेन्द्र थापा, रमण घिमिरे, करुण थापा, भोला रिजाल, संगीतकार दिपक जंगम, शम्भुजित बाँस्कोटा , राजु सिंह, लक्ष्मण शेष, साहित्यकार उषा शेरचन लगायतहरु गीतकार, संगीतकार, साहित्यकारहरुको उल्लेखनीय उपस्थिती थियो ।
आशिकी, बढे मिया छोटे मिया, राजा हिन्दुस्तानी, कुछ कुछ होता है, क्रिस, धूम लगायत सिनेमाका बहुचर्चित गीत यिनैले लेखेका हुन् । उनी प्रतिष्ठित फिल्मफेयर अवार्ड बाट पनि सम्मानित भइसेकका छन् । अन्जानको नाम गिनिज वर्ल्ड रेकर्डस् मा दर्ज छ ।

तस्विर : विकास रौनियार



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested