English

परदेशी–२ माल्टामा प्रर्दशन हुँदै



चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त चलचित्र ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म प्रर्दशन गर्न लागेको हो । सो–सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा परदेशी चलचित्रका निर्देशक नारायण रायमाझी, निर्माता राजेश बंशल र राइज मिडियाका तर्फबाट संस्थाकी निर्देशक एवं लोकगायिका सुनिता दुलाल तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए ।

चलचित्रले देशप्रतिको आशा, समाजप्रतिको अपेक्षा, बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई जीवन्त ढंगले उजागर गरेको छ । विदेशमा बस्नेहरूले कस्तो जिन्दगी भोगिरहेका छन् । हाम्रो नेपाली समाज, मूल्य, मान्यता, संस्कृति, र देश विकासको जनअपेक्षा समेत चलचित्रले उठान गरेको छ ।

बर्षौदेखि, परदेशीनु नेपालीहरुको नियति नै बनिसकेको छ। त्यही नियतिको कथालाई परदेशी-२ चलचित्रले पर्दामा उतारेको छ। दुई घण्टा २० मिनेट लामाे चलचित्रको अधिकांश कथा र पात्रको भोगाइले दर्शकलाई मनोरंजन सँगै पटक–पटक भावुक बनाउँछ । गोर्खा पल्टन र परदेशी चलचित्र मार्फत नेपाली दर्शकको नाडी छामिसकेका निर्माता निर्देशक नारायण रायमाझीले नेपाली दर्शकको मनभित्रको कारुनिकतालाई पर्दामा उतारेका छन्।

चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ।

चलचित्र बारे थप जानकारीका लागि ब्लु हर्ष ईन्टरटेन्टमेन्टका संयोजक डि.एस.राणालाई ९९९६ ९०३४ मा सम्पर्क गर्न सकिनेछ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested