English

मायुलको ‘आन्टीकी छोरी’ दर्शकलाई दसैं उपहार

मायुल गायक घमेश दुलालका छोरा र सुनिता दुलालका भदा हुन् ।


गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन क्रुजको टिममा देखिदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन् । आन्टीको मुख्य पात्रमा लक्ष्मी जोशीले अभिनय गरेकी छिन् । भने उनलाई अमिका क्षेत्रीले साथ दिएकी छन् ।

घटस्थापनाको दिन सार्वजनिक गीतको लेखक र संगीतकार समेत उनी आफै हुन् । मायुलको यो पहिलो सार्वजनिक गीत हो । बहुचर्चित लोकदोहोरी गीत ‘झम्के फुली’, ‘दमौलीमा गेट’, ‘चागुँ नारायण थान’, ‘कोठी गालैमा’ जस्ता लोकप्रिय गीतका गायक घमेश दुलाल मायुलका बुबा हुन् । गायिका सुनिता सुनिता दुलाल उनको फुपु हुन । पारिवारिक वातावरण लोक गीतसंगीतमय भएपनि उनको झुकाव भने ¥याप, आर एन्ड बी, एस्थेटिकमा छ । यसो किन त ? सुरु–सुरुमा लोकगीत गाउन मन भएपनि आफ्नो स्वर अन्य विधाका गीतका लागि उपयुक्त हुने ठानेको उनी बताउछन् ।

राइज मिडिया नेटवर्कको प्रस्तुति आन्टीकी छोरीको कार्यकारी निर्देशक सुब्रत आचार्य हुन् । भने भिडियोलाई साइब्रत आचार्यले निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन सिमोन लामा (किरण), कलर बिजेश पौडेल र कोरियोग्राफी सम्पन्नता विन्दिकारले गरेकी हुन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested