English

बुढानीलकण्ठले सुरु गर्यो नि:संक्रमण अभियान



बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले कोभिड –१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि दैनिक दुई पटक खाद्यान्न तथा तरकारी पसल नि:संक्रमण अभियान सुरु गरेको छ । निषेधाज्ञाको समय ख्याल गर्दै बिहानबेलुकी वडाका खाद्यान्न तथा तरकारी पसल दिनमा दुई पटक डिसइन्फेक्सन गर्न थालिएको हो ।

एक पटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्दा स्थान ६ घण्टासम्म नि:संक्रमित बनाउन सकिन्छ । बुनपा –१० क्षेत्रमा निषेधाज्ञाका समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दिनमा दुई पटक मात्र खुल्छ ।

अभियानको उद्देश्य जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामग्री खरीद गर्ने वातावरण निर्माणसँगै आफ्नो घर तथा वरिपरिका क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासीलाई सुसूचित गरी नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको बुनपा –१० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।

सो अभियानका लागि स्वयंसेवकका दैनिक पाँच समूह परिचालन गरिएको छ । सो कार्यमा नारायणचोक युवा क्लब र एनएच आरसिएनलगायत विभिन्न सङ्घसंस्थाका स्वयंसेवक संलग्न छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार