English

संविधान मास्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।
समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन सुदूरपश्चिमको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोशिस भइरहेको छ । त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ ।’ उहाँले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । भन्नुभयो, ‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’ संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उहाँले बताउनुभयो ।

उहाँले देशको सिमानाका बारेमा संयमित भएर बोल्नु पर्ने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस् ।’ नेपालको संसदमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसदमा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका बिषमा पनि स्पष्ट हुनुहोस् ।’
एक अर्को प्रसंगमा अध्यक्ष नेपालले यूवाहरुमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरुलाई समेट्दै अगाडि बढीरहेको र जागरण अभियानका क्रममा हजारौ युवाहरुलाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरु निराश नहुनुहोस्, हामी छौं, जनताको माझमा जाँदा साकारात्मक प्रभाव पाएका छौँ, युवाहरुको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन ।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ । अभियान २८ असोज, आइतबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने भएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।