English

एसिसी यू-१९ प्रिमियर कप : इरानमाथि नेपालको सानदार जित

इरानविरुद्ध नेपाल २७४ रनले विजयी


एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले फराकिलो अन्तरको जित निकालेको हो। मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो । टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।

कप्तान देवले १०० रन बनाए । उनले ६० बलमा १२ चौका र चार छक्का प्रहार गरे । नेपालले स्कोरबोर्डमा १० रन जोड्दा दुई विकेट गुमाएको थियो । देवले तेस्रो विकेटका लागि दीपक बोहरासँग १६६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । दीपकले ५९ बलमा पाँच चौका र दुई छक्कासहित ६५ रन बनाए । दीपक डुम्रेले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन जोडे । दीपेशले २९ रन थपे । अन्तिममा ब्याटिङका लागि आएका आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रनको योगदान गरे ।

प्रतिद्धन्दी इरानका अमिर खोर्सान्दले ३७, सबेर इब्राहिमिपोरले ११ रन बनाए । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका दीपेश कँडेल र सवास भण्डारीले समान तीन विकेट लिए । सात ओभर बलिङ गरेका दीपेशले चार रन र ८.५ ओभर बलिङ गरेका सुवासले ६ रन खर्चिए । यस्तै, हेमन्त धामी र आकाश चन्दले समान दुई विकेट लिए । प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested