English

‘स्ट्रिक्स प्रोफेसनल’ को नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक



‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित गरी आयोजना गरिएको कम्पनीले बताएको छ । सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक भव्य सोको आयोजना गर्दै स्ट्रिक्स प्रोफेसनलले आफ्नो नयाँ कलेक्सनहरु सार्वजनिक गरेको हो । कपालको हेरचाहका लागि सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट माझ प्रख्यात स्ट्रिक्स प्रोफेसनलले मर्कुरिअल कलेक्सन विशेष रहेको बताएको छ ।

यसले दिक्क लाग्दो, साधारण र एकोहोरो जीवनको मनस्थितिलाई रोमान्चक, अनुपम र फरक सम्भावनाका तहमा लैजाने र यसैलाई कपालको कटाइ, रङ्ग र स्टाइल झल्काउने दाबी गरेको छ । स्ट्रिक्सको अन्य कलेक्सनमा सुपरर्चाज्ड, नेचुरल मी र अदरवाइज लगायत रहेका छन् । स्ट्रिक्स प्रोफेसनलकी विभागीय प्रमुख रोसेल छाबराले ब्रान्डसँग विभिन्न उत्कृष्ट रोजाइ रहेको बताइन । कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका विभिन्न उत्पादनबाट सृजित केशसज्जाका संग्रहहरू समेत प्रस्तुत गरिएको थियो ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested