English

काठमाडौं उपत्यकामा एक हजार शैय्या थपिए



सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शैय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौं उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शैय्या थप्न थालिएको जानकारी दिए । शैय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शैय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ ।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शैय्या थप गरिने भएको छ ।
ती अस्पतालमा शैय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शैय्या चाँडै बन्ने बताए ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००–५०० र जनमैत्री अस्पतालमा १२० शैय्या बन्नेछन् । उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शैय्या छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार