English

सरकारले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।
दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन पहल थाल्न आग्रह गरे । ‘इजरायलको घटनाले दुःखी बनाएको छ, हामी दुःखी छौँ, सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्,’ नेपालले भने, ‘नेपाली जहाज पठाएर भए पनि आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् ।’ उनले भने, ‘सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको खबर सुनेको छु । इजरायलमा घाइतेको उपचारसँगै मृतकको शवलाई चाँडै नेपाल भूमिमा ल्याउन सरकार लाग्नु पर्छ ।’

उनले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दाबी गरे । कृषि क्षेत्रबाटै मुलुकको समृद्धि हुने जिकिर गर्दै देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने नेपालले बताए । ‘कुशासन हट्नुपर्छ, अनि देश अघि बढ्छ,’ उनले भने, ‘यसका लागि समाजवादको बलियो आधार चाहिन्छ । त्यही आधार बनाउन हामी हिँडेका छौँ ।’
नेपालले समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताए । असोज १४ गते पूर्वी झापाबाट सुरु भएको यात्रा असोज २९ गते सुर्खेत पुगेर टुंगिने छ । कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ ऊर्जा थपेको दाबी गरे । दाङमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतका नेता सहभागी छन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested