English

काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?



यतिबेला नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतीमा फैलिरहेको छ । राजधानी लगायतका देशका अधिकांश अस्पतालका आइसीयू र भेन्टिलेटर बेड भरिसकेका छन् । यही गतिमा संक्रमण फैलिएमा देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई संवेदनशील बन्न आग्रह समेत गरेको छ ।

हाल देशभर १ हजार २ सय ४९ आईसीयू र ५ सय २६ भेन्टिलेटरको बेड संख्या छ । जसमध्ये ४ सय ७७ जना आईसीयू र १ सय ३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले काठमाडौं उपत्यकाका कोभिड अस्पतालका बेडहरु भरिन थालिसकेका छन् ।

कोरोनाका संक्रमण भयावह हुने स्थिती छ, जनमानसमा यसबारे चेतनाको विकास हुनु जरुरी रहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले बताउँछन् । ‘कोरोना संक्रमित बिरामीले अस्पतालहरू भरिन थालीसके । तैपनि मानिसहरुमा गाम्भीर्यता देखिएन,’ उनले भने ।

कुन अस्पतालमा कति आइसीयू र भेन्टिलेटर ?
वीर अस्पताल

वीर अस्पतालले ७६ बेडको आइसोलेसन वार्ड, १० बेड आई.सी.यू र ५ वटा भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्याएको छ । जसमध्ये आइसोलेसनमा ७८ जना, आई.सी.यू.मा ७ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको अस्पतालका कोभिड संयोजक डा. अच्युत कार्कीले जानकारी दिए ।

महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालले कोभिड संक्रमितको उपचारका लागि १ सय ३० आइसोलेसन बेड, २४ बेड आईसीयू, ५० बेड एचडियू र २० बेड भेन्टिलेटर छुट्याएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल

बलम्बुमा रहेको शसस्त्र प्रहरी बल अस्पतालले १ सय २० आइसोलेसन, २० आई.सी.यु र ८ भेन्टिलेटर सेवा प्रदान गर्दै आएको छ । यहाँ आइसोलेसनको क्षमता भन्दा बढी संक्रमित रहेका छन् । १ सय २० जनाको क्षमताको आइसोलेसनमा १ सय ६६ जना रहेको डा. प्रविन नेपालले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले आईसीयूमा १२ जना र भेन्टिलेटरमा ६ जना उपचाररत रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितका लागि २० आईसीयू र ११ वटा भेन्टिलेटर रहेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए । जसमध्ये ६६ जना आइसोलेसन, ९ जना आई.सी.यू र ११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज

महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालले कोभिड संक्रमितको उपचारका लागि १ सय ३० आइसोलेसन बेड, २४ बेड आईसीयू, ५० बेड एचडियू र २० बेड भेन्टिलेटर छुट्याएको छ । जहाँ आइसोलेसनमा १ सय ५३ जना, आईसीयूमा ३५ जना र भेन्टिलेटरमा ७ जना कोरोना संक्रमित उपचाररत छन् ।

निजामती कर्मचारी अस्पताल, काठमाडौं

निजामती कर्मचारी अस्पतालमा ५० जना क्षमताको आइसोलेसन, १४ बेडको आईसीयू र ६ बेडको भेन्टिलेटर छुट्याइएको कोभिड फोकल पर्सन ज्वाला ढकालले जानकारी दिइन् । यस अस्पतालमा हाल १४ जना कोरोना संक्रमित आइसीयूमा उपचाररत छन् भने भेन्टिलेटरमा छैनन् ।

भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा ६८ आइसोलेसन, ६ आईसीयू. र ६ भेन्टिलेटरको क्षमता छ । यस अस्पतालको आइसोलेसनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा २ जना उपचाररत रहेको कोभिड फोकल पर्सन डा.सुमित्रा गौतमले जानकारी दिइन् ।

ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितको उपचारका लागि ३ सय आइसोलेसन, २६ बेड आईसीयू र १७ बेड भेन्टिलेटर छुट्याए अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

नेपाल प्रहरी अस्पतालले कोभिड संक्रमितको उपचारका लागि आइसीयूसहितको भेन्टिलेटर बेड २० वटा, एचडियु बेड ३९ वटा र आइसोलेसन बेड १ सय ३२ वटा छुट्याएको अस्पतालका प्रवक्ता डिआइजी रामकृष्णराज भण्डारीले जानकारी दिए । जसमा आइतवारसम्म १ सय २१ जना आइसोलेसन, ८ जना आइसीयूमा उपचाररत छन् । यहाँ भेन्टिलेटरमा भने हालसम्म संक्रमित छैनन् ।

पाटन अस्पताल, ललितपुर

यसैगरी ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितको उपचारका लागि ३ सय आइसोलेसन, २६ बेड आईसीयू र १७ बेड भेन्टिलेटर छुट्याए अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । जसमा हाल ९० जना आइसोलेसनमा छन् भने ९ जना आइसियू र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको कोभिड फोकल पर्सन डा. आशिष श्रेष्ठले जानकारी दिए ।

सानेपास्थित स्टार अस्पतालमा २५ जना आइसोलेसनमा ५ जना आईसीयू र १ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

वीरेन्द्र अस्पताल, छाउनी

वीरेन्द्र अस्पताल छाउनीको आइसोलेसनमा ७१, आईसीयूमा ५ जना कोरोना संक्रमित उपचाररत छन् ।

यसैगरी, निजी अस्पतालतर्फ ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आइसोलेसनमा ४५ जना, आईसीयूमा १३ र भेन्टिलेटरमा ५ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ह्याम्स अस्पतालमा ८२ जना आइसोलेसन, १८ जना आईसीयू र ५ जना भेन्टिलेटर उपचाररत छन् । नेपाल मेडिसिटी अस्पतालमा ४९ जना आइसोलेसन, २६ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत छन् । सानेपास्थित स्टार अस्पतालमा २५ जना आइसोलेसनमा ५ जना आईसीयू र १ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा