English

नेपाली क्रिकेटको टिकेटिङ साझेदार आईएमई पे

सोमपाल र करण ब्राण्ड एम्बेसडर बन्दा दिपेन्द्र प्रहरीमा बढुवा


नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का र आईएमईका सीईओ प्रवीण रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार आईएमई पेले क्यानलाई वार्षिक ७५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सुरुआती सम्झौता दुई वर्षको छ । आईएमईले क्यानबाट मैदानमा खटिने १ सय कर्मचारीको बिमा समेत गरिदिने छ । क्यानबाट आयोजना हुने प्रत्येक अन्तर्राष्ट्रिय खेलको टिकटबाट आएको १२।५ प्रतिशत रकम आईएमई पेलाई र बाँकी सबै क्यानले पाउने गरी सम्झौता भएको हाे ।

सोमपाल र करण ब्रान्ड एम्बेसडर
राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी र करण केसीलाई आईएमई पेले ब्रान्ड एम्बासडर समेत नियुक्त गरेको छ । यि दुबै खेलाडीलाई आईएमईले वार्षिक ५ लाख प्रदान गर्नेछ । हाल सम्झौता एक वर्षको हुनेछ ।

कीर्तिमानी दिपेन्द्र सहायक हवल्दारमा बढुवा
टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी लाई नेपाल प्रहरीले सहायक हवल्दारमा बढुवा गरेको छ । उनी प्रहरी जवान थिए । दिपेन्द्र सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested