संरक्षणको लागि साँझपखको हिँडाइ (फोटो फिचर)
४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल चित्रकारले कीर्तिपुरका विभिन्न स्थानहरू मन्दिर, पाटी पौवा, पोखरी आदिको महत्त्व बारे सहभागीहरूलाई जानकारी गराए । संरक्षणमा रुचि राख्ने पत्रकारहरू, पर्यटन विज्ञहरू, विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्थानीय कलाकारहरूले संगीतको साथसाथै नेवारी परिकारले सहभागीहरूलाई स्वागत गरेका थिए ।






शब्द/तस्बिर : विकास रौनियार
यो पनि…
बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)