बारबरा अडम्स फाउन्डेसनको आयोजनामा ‘स्टोलेन इमेज अफ नेपाल’ (फोटो फिचर)
बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली सम्पदाको अहिलेसम्म चोरी भएको र फिर्ता आएको बारेमा छलफल भएको थियो । नेपालमा हालसम्म कति चोरी भएको र कति भेटिए भन्ने विशेष छलफल भयो ।
उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद स्वर्णिम वाग्ले, बारबरा फाउन्डेसनका अध्यक्ष सन्दुक रूइत, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्त्व विभागको महानिर्देशक सौभाग्य प्रधानाङ्ग, पुरातत्वविद रमेश ढुङ्गेललगायतको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै सांसद स्वर्णिम वाग्लेले नेपालको मूर्ति संरक्षण र चोरी भएको मूर्ति फिर्ता लिनको लागि भूमिका खेल्ने बताए । आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए । ललितपुर महानगरका मेयर महर्जनले नेपालबाट चोरी भएको मूर्ति फिर्ता लिनको आफूले सहयोग गर्ने बताए । उनले त्यस्ता मूर्ति फिर्ता लिनको लागि संघ सरकार र कूटनीतिज्ञहरूको सहयोग चाहिने बताए ।
पुरातत्त्वविद् ढुङ्गेलले चोरी भएको मूर्ति फिर्ता लिनको लागि यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तो खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । विभाग महानिर्देशक सौभाग्य प्रधानाङ्गले मूर्ति संरक्षणको आफू इमानदार भएर लाग्ने बताए ।







तस्बिर : विकास रौनियार