English

जसले गायो त्यहि भाइरल !



वैशाखको दोस्रो साता भएको योङ्ग माइन्डस् इन्टरटेनमेन्ट अवार्डमा महेश आचार्यले उत्कृष्ट गीतकारको उपाधि हात पारे । चैतको अन्तिम साता सम्पन्न निम अवार्ड (राष्ट्रिय समावेशी म्युजिक अवार्ड) मा आचार्यले आधुनिक गीत लेखनतर्फ २०७६ को सर्वोत्कृष्ट गीतकार (जुरी) को उपाधि हात पारेका थिए ।

अञ्जु पन्तको स्वर रहेको ‘थाहा छैन जिन्दगीमा’ बोलको गीत ‘वर्ष गीत पुरस्कार २०७६’ मा सर्वोत्कृष्ट ठहरियो । धेरैले यसलाई ‘अञ्जु पन्तको गीत’ भनेर गुनगुनाउँछन्, तर यसका गीतकार आचार्यलाई सम्झिने कमै छन् ।

शिव परियारले गाएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीतको रचनाकार पनि आचार्य नै हुन् । गीतकारहरू एकान्तमा सिर्जना गर्छन्, जब पूर्ण गीत बनेर सार्वजनिक हुन्छ, तब उनीहरूको परिचय दर्शक–श्रोताले आफैं खोजी गर्नुपर्ने हुन्छ । आचार्य भन्छन्, ‘कुनै पनि सर्जकले कालजयी गीत लेख्न सक्यो भने गायकमात्रै होइन, समयले गीतकारको पनि खोजी गर्न थाल्छ । गीतकार पर्दा पछाडि रहने विडम्बना त छ नै तर हामीले बढी ध्यान दिने त गीतको शब्दलाई नै हो ।’

‘म गीत लेख्दा कहिले आनन्दमा लेख्दिनँ । गीत बेचैनीमा जन्मिन्छ, छटपटीमा जन्मिन्छ, गीत आँसुबीच निस्कन्छ,’ उनले भने, ‘अत्यन्तै प्रसव वेदनापछि जन्मेको सन्तानजत्तिकै हो गीत । तर यतिबेला हामी त्यो गीत मैले लेखेको हो, मेरो नाम लिइदिनुस् न भन्ने अवस्थामा छौं ।’

टिकटक र युट्युबका कारण अहिलेका गीत भाइरल केन्द्रित हुन थालेको उनको बुझाइ छ । ‘अब त बुस्टको जमाना आयो, सामाजिक सञ्जालमा विज्ञापनकै भरमा गीत चलाउन थालियो,’ उनी भन्छन्, ‘यसले गाह्रो अवस्था त सिर्जना भएको छ । भाइरलको भर हुन्न, सर्जक आफैं सचेत हुन जरुरी छ ।’

‘कमर्सियल बन्ने लोभमा आफ्नो क्वालिटीमा सर्जकले ध्यान नपु-याएको देखिन्छ,’ उनी भन्छन्, ‘कसैको थिममा गीतकारले आफ्नो हाइट पनि मिसाइदिनुप-यो नि ।’

महेश आचार्य/गीतकार

भिडियो बुस्ट गरेर चर्चामा आउनैपर्छ भन्ने मान्यता नभएकाले आफूले शब्द खेलाउनमै बढी ध्यान दिइरहेको आचार्य बताउँछन् । भर्खरै उनको ‘आमा’ बोलको गीतको लिरिकल भिडियो पनि सार्वजनिक भएको छ । परदेशमा वैभवपूर्ण जीवन बिताएको एक युवक आमा र आफ्नै माटो सम्झिएर स्वदेश फर्किएको सन्देश गीतमा छ । ‘म गीत लेख्दा कहिले आनन्दमा लेख्दिनँ । गीत बेचैनीमा जन्मिन्छ, छटपटीमा जन्मिन्छ, गीत आँसुबीच निस्कन्छ,’ उनले भने, ‘अत्यन्तै प्रसव वेदनापछि जन्मेको सन्तानजत्तिकै हो गीत । तर यतिबेला हामी त्यो गीत मैले लेखेको हो, मेरो नाम लिइदिनुस् न भन्ने अवस्थामा छौं ।’

‘मुद्दा विचाराधीन भएकाले धेरै बोल्न मिल्दैन,’ उनले भने, ‘तर हामी अभियानमा उत्रिइसक्यौं, यो केसमात्रै होइन अब हजारौं गीत अनधिकृत रूपमा बिना अनुमति बिक्री गर्ने कम्पनीविरुद्ध सर्जकले पाइला चालिसकेको अवस्था छ ।’

गीतकार उपचार कोष

गीतकार भएर बाँचिरहँदा उसमा नैतिक र आर्थिक अधिकार नै नभएको उनी बताउँछन् । यही पीडाबोधबाट गीतकार उपचार कोषका लागि उनले पहल पनि गरेका थिए । गत पुसमा भएको गीतकार संघ नेपालको पाँचौं महाधिवेशनबाट सचिव निर्वाचित भएलगत्तै उनकै प्रस्तावमा कोष स्थापना गर्ने निर्णय भयो । उनका अनुसार हालसम्म कोषमा करिब तीन लाख रकम जुटिसकेको छ । ‘गीतकार कुनै बेला बिरामी प-यो र उपचार गर्न सकेन भने कोषले सहयोग जुटाउँछ,’ उनले भने ।

महेश आचार्य/गीतकार

हाल उनी प्रतिलिपि अधिकारको वकालतमा पनि उत्तिकै सक्रिय छन् । गायक प्रमोद खरेल र एक म्युजिक कम्पनीबीचको प्रतिलिपि अधिकारसम्बधी मुद्दा किनारा लगाउन उनीसमेत लागिपरेका छन् । ‘मुद्दा विचाराधीन भएकाले धेरै बोल्न मिल्दैन,’ उनले भने, ‘तर हामी अभियानमा उत्रिइसक्यौं, यो केसमात्रै होइन अब हजारौं गीत अनधिकृत रूपमा बिना अनुमति बिक्री गर्ने कम्पनीविरुद्ध सर्जकले पाइला चालिसकेको अवस्था छ ।’



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।