बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)
साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अञ्जना वस्ती भट्टराईले नियात्राकृति सार्वजनिक गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सर्जक सुवेदीको तीक्ष्ण अवलोकन क्षमता कृतिका नियात्रा पढ्दा थाहा हुने बताइन् । कृतिका शब्दहरूले स्थान विशेषको प्रस्ट तस्बिर गर्दै दृश्यलाई जीवन्त बनाएको उल्लेख गरिन् ।
सर्जक सुवेदीले सन् २०१८ मा गरेको युरोप भ्रमणको पाँच वर्षपछि कृतिका रूपमा आउँदासम्मका प्रसंग रोचक तरिकाले प्रस्तुत गरिन् ।






तस्बिर : विकास रौनियार
यो पनि…
हङकङमा तुलसी लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)