English

नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक



नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत् ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो ।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ । बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी इ–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ । यो सेल–टू–प्याक (सिटिपी) प्रविधिमा आधारित छ ।

अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ । यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ ।

यो गाडी पूर्ण रूपमा विद्युतीय हो । कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमी छोडेको छैन । विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ ।

यो ह्याचब्यागमा २ हजार ७०० एमएम ह्विलबेस प्रदान गरिएको छ । यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ । यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ ।

यसले गाडी चालकको कार्य सम्पादनमा धेरै सुधार गर्छ । साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ । कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली रहेको कम्पनीले बताएको छ ।

बिवाइडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ । यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ ।

यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यु जस्ता फिचरहरू पनि समावेश गरिएको छ । यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।