English

जीवन बदल्ने भगवान श्रीकृष्णका १० महान वचन



भगवान श्रीकृष्ण को हुन् भन्ने कुरा तपाईलाई थाहा नै छ । उनको नाम जप्दा पनि विविध दुःख नष्ट हुने विश्वस गरिन्छ । उनका अनमोल वचनले तपाईको जीवनमा थप उर्जा आउनसक्छ ।

१. आफ्नो काम पहिला गर

अरु कोहि व्यक्तिको कामलाई पुर्णता दिनुभन्दा आफ्नो कामलाई पूर्ण गर्नु उत्तम रहन्छ । चिन्तनको माध्यमबाट आफ्नो कामलाई पहिलो प्राथमिकताका साथ गर्नुपर्दछ । अरुको काम पूर्णताका साथ गर्नुभन्दा आफ्नो काम अपूर्णताको साथ गरे पनि त्यो लाखौं गुणा उत्तम रहन्छ ।

२. कर्ममा खुशी

जो व्यक्ति आफ्नो कर्ममा आनन्द खोज्दछ तबमात्र उसले पूर्णता पाउछ । र पूर्णता पाएको व्यक्ति मात्र खुशी रहन सक्दछ । तसर्थ आफ्नो काममा लिन रही जसले आनन्द खोज्दछ उसले त्यहि मात्र खुशी प्राप्त गर्दछ ।

३. तनाव कम गर

समय परीवर्तनशिल छ । लगातार असफलता वा एकै प्रकारको कामबाट व्यक्ति दिक्क हुने गर्दछ । दैनिक जिवनमा आफ्नो काममा मानिसको ध्यान भट्किन सक्छ र उ तनावमा आउने गर्दछ । त्यो बेला आफ्नो कामलाई भन्दा तनावलाई परीवर्तन गर्न आवश्यक रहन्छ । तनाव भगाउन मात्र तिमि आफ्नो कामलाई प्रेम गर त्यस अलावा अरुको कुराको परवाह नगर ।

४. यी काम मात्र गर

कर्ममा प्राप्तिका लागि मिहेनत आवश्यक छ । मेहनत मात्र अधिक कर्मले सफल हुन्छ । जो व्यक्तिले कार्यमा निष्क्रियता र निष्क्रियता पनि कार्य देख्दछ उहि मात्र एक बुद्धिमान व्यक्ति हुन्छ ।

५. अनुशासनमा वस

ब्यक्तिको मनमा जम्मा सन्देहहरु आत्मज्ञानको माध्यमबाट मात्र काट्न सकिन्छ । त्यसैले आफ्नो हृदयमा रहेका अज्ञानका सन्देहहरु आत्मज्ञानको तरवारले काट्नु पर्दछ । र अनुशासनमा रहेर जाग्ने वा माथि उठ्ने प्रयास गर्नुपर्दछ ।

६. हरेक कर्मको फल पाइन्छ

हरेक कर्मको फल पाउने निश्चित छ । फल प्राप्तिको समय केही ढिलो वा समय व्यक्ति भएपछि पाइन सकिन्छ । तर फल प्राप्ति निश्चित छ । हरेक जीवनमा न केही गुम्छ न त केहि व्यर्थ जान्छ । तसर्थ व्यक्तिले बिना फल प्राप्तिको चिन्ता लिई आफ्नो काम ईमान्दारीका साथ गर्नुपर्दछ ।

७. अभ्यास आवश्यक छ

बन्द कोठामा बसेर सफलताका लागी लगाइएको वुद्धि ब्यर्थ छ । मन चञ्चल, अशान्त र ब्याकुल हुन्छ । असफलता देख्नासाथ मन त्यस कर्म गर्न प्रेरीत रहदैन । तर त्यहि मन नियन्त्रित गरी लगातार अभ्यास गरेमा असफलता सफलतामा परीणत हुन्छ ।

८. दृढ विश्वास सफलताको कारक

व्यक्ति जे चाहान्छ, त्यहि बन्न सक्छ । तसर्थ लगन, निष्ठा र इमान्दारीताका साथ इच्छित वस्तुमा ध्यान लगाई एकाग्रका साथ कर्म गरेमा त्यो प्राप्ति निश्चित छ । मात्र कर्मको बेला दृढ विश्वास हुन जरुरी छ जो इच्छित वस्तुमा लगातार रहिरहोस् ।

९. मनमा नियन्त्रण

यदि कोही व्यक्ति आफ्नो मनलाई नियन्त्रित राख्न सक्दैन उसले हमेशा आफैँमाथि हानी पुर्याउने कामगर्दछ । व्यक्तिको मन नै ईश्वर प्राप्तिको मार्ग भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ । यदि कोही व्यक्ति मनलाई नियन्त्रण गर्दैन भने उसले शत्रु समान कार्य गर्दछ ।

१०. रीसमा नियन्त्रण

क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र बनाउछ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छन् । र जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुने गर्दछ । यदि त्यहि क्रोधलाई सकारात्मक शक्तिमा बदल्न सके त्यसको प्रयोग उपयोगि हुन्छ । जसलाई सफलता निश्चित छ ।

यो पनि…
पशुपतिनाथमा भक्तजन (फोटो फिचर)
पशुपतिमा जे देखियो (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।