English

भेट्रान्स क्रिकेट : कुवेतको विजयी सुरुवात



नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरस्थित शनिबार भएको खेलमा नेपाल भेट्रान्सले दिएको १६६ रनको लक्ष्य भ्रमण टिमले १५.२ ओभरमा ६ विकेट क्षतिमा पुरा गर्दै ४ विकेटको जित दर्ता गर्यो । कुवेतको जितमा ब्याटिङ अर्फ अदिथ कुमाराले सर्वाधिक ६७ रन, खुर्रम शहजादले ३६ तथा मुहम्मद हफिजले ३१ रन बनाए भने बलिङ अर्फ जम्शाद अज्मतले ३ विकेट लिए ।

नेपालको ब्याटिङमा कृतार्थ शाक्यले सर्वाधिक ३८, दीपेन्द्र चौधरीले अविजित ३५ तथा परेश लोहनीले ३२ रन बनाए। नेपालको बलिङमा रिकेश लामा र राजु बस्नेतले २–२ विकेट लिए ।

सिरिजको दोस्रो खेल आज आइतबार तथा तेस्रो खेल सोमबार खेलिनेछ। पहिलो पटक नेपाली भेट्रान्स क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेली रहेको हो।

जटिल आर्थिक अवस्थाको बाबजुद पनि धेरै कर्पोरेट प्रायोजकहरू पाउनु खुसी को कुरा रहेको नेपाल भेट्रान्स क्रिकेटर संघका उपाध्यक्ष तथा नेपाल भेट्रान्स क्रिकेट टिमका कप्तान किरण शमशेर जंङ्ग बहादुर राणाले बताए । कुवेत र नेपाल भेट्रान्स टिम बिचको उक्त सिरिजको परामर्शदाता पन्त ग्लोबल कन्सल्टेन्सी रहेको र सिरिज को समायोजन तथा प्रायोजक सँगको सहकार्यको लागि उक्त कन्सल्टेन्सी का प्रमुख कार्यकारी अधिकृत तथा नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर धिरेन्द्र पन्त लाई जिम्मा दिइएको नेपाल भेट्रान्स क्रिकेटर संघका अध्यक्ष विजय शर्माले जानकारी दिए ।

सिरिजको मुख्य प्रायोजक जजिरा एयरवेज रहेको छ भने अन्य प्रायोजकहरू मा आईएई पे, आईएमई रेमिटेन्स, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, हिमालयन बैंक, नेपाल टेलिकम, मेन्टर इन्स्टिच्युट, डल्फिन एजुकेसन, आविद प्रा. ली., सुशील कोइराला फाउन्डेसन, काष्ठमण्डप इभेन्ट, रेबिरा, टिम ११, माई पे, चिरायु अस्पताल र आरसी कोला रहेको छ ।

यो पनि…
महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा