English

माइग्रेनबाट छुटकारा पाउन घरमै यसो गर्नुहोस्



माइग्रेन सामान्य टाउको दुखाइ होइन, यदि तपाईँले यो अनुभव गर्नुभएको छ भने थाहा पाउनुहुनेछ कि यसमा वाकवाकी लाग्ने, उज्यालो प्रकाश वा आवाजप्रति संवेदनशीलता, धमिलो हुने र गम्भीर टाउको दुख्ने जस्ता समस्याहरू हुन्छन् । जब माइग्रेन आक्रमण हुन्छ, हामी यसलाई निको पार्न जे पनि गर्न तयार हुन्छौ ।

यस्तो अवस्थामा प्राकृतिक उपचारले माइग्रेनको लक्षण कम गर्न निकै सहयोगी हुन्छ । तर यो पनि जान्नु आवश्यक छ कि यदि यो असहनीय हुँदै गइरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ । त्यसैले माइग्रेनबाट छुटकारा पाउने केही घरेलु उपायहरू यस प्रकार छ :

कफी पिउनुहोस्

शरीरमा रहेको क्याफिनको थोरै मात्राले माइग्रेनको दुखाइमा राहत दिन्छ । यस्तो अवस्थामा तपाईँले कालो कफी पिउनुपर्छ । तर कहिलेकाहीँ धेरै क्याफिन सेवन गर्दा पनि माइग्रेन हुन सक्छ ।

लेभेन्डर तेल

अनुसन्धानले पत्ता लगाएको छ कि माइग्रेन दुखाईकन बेला लेभेन्डर तेल सुँघ्नु भयो भने, यसले १५ मिनेटमा केही प्रभाव देखाउँछ । यस्तो अवस्थामा तपाईँले यसलाई सिधै वा रुमालमा राखेर सुँघ्न सक्नुहुन्छ ।

पुदिना

माइग्रेनको समस्या सुरु भएको छ भने तपाईँले एकै समयमा पुदिनाको तेल सुँघ्नु भयो भने, यसले दुखाई बढ्नबाट रोक्न सक्छ ।

दालचिनी

दालचिनीले माइग्रेनको असहनीय पीडाबाट पनि राहत दिन्छ । यसलाई डेकोक्शनको रूपमा वा यसको पेस्ट टाउकोमा लगाउनाले आराम पाउन सक्नुहुन्छ ।

अदुवा

माइग्रेनको दुखाइ सुरु भयो भने अदुवाको टुक्रा मुखमा चपाउनुहोस् । आराम पाउनुहुनेछ । यसलाई चियाको रूपमा पनि पिउन सकिन्छ ।

यो पनि…
निद्राको कमीले स्वास्थ्यमा असर पर्न सक्छ
दौडनुअघि जान्नुहोस् यी १० नियम



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested