English

एनएमएको लक्ष्य : राष्ट्रिय पहिचानलाई विश्वव्यापीकरण गर्ने



नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) ले क्षेत्रीय मार्केटिङ सम्मेलन ‘ब्रान्ड पोखरा’ गर्ने भएको छ । एनएमएले पोखरालाई अन्तर्राष्ट्रिय सहरको रूपमा प्रस्तुत गर्ने उद्देश्यले यही अगस्ट १९ अर्थात् आउँदो शनिबार होटेल पोखरा ग्राण्डिमा उक्त सम्मेलन गर्न लागेको हो ।

सम्मेलन को मुख्य प्रस्तोता डा. तुलसी धरेल हुन् । उनी टोरोन्टोस्थित सेन्टिनियल कलेजमा अन्तर्राष्ट्रिय बजार विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै उनी चार्टर मार्केटर तथा क्यानाडी मार्केटिङ एसोसीयसनको बोर्ड सदस्य समेत हुन् ।

पोखरामा पैसा कम भएका पर्यटकहरू आउँछन् भन्ने एउटा उखान पनि छ, तर पोखरा भनेको सस्तो डेस्टिनेसन होइन । यो राम्रो र महँगो ठाउँ पनि हो । पोखरालाई गुणस्तरीय र महँगो बनाउनुपर्छ ।

विश्वका उत्कृष्ट व्यक्तिहरू जो भ्याकेसनमा हिमाल र प्राकृतिक सौन्दर्य हेर्न चाहन्छन् उनीहरूको लागि पोखरा पनि एउटा उत्कृष्ट गन्तव्यको रूपमा चिनाउन ब्रान्ड पोखरा अभियान सञ्चालन गर्न लागिएको डा. धरेलले बताए । ‘जेनेभा, नर्वे र स्विडेन जस्तै पोखरा पनि एउटा सुन्दर गन्तव्य हो, पोखराबाट आँखै अगाडि हिमाल देख्न सकिन्छ । त्यस्तो सुन्दर सहरलाई विश्वसामु पुर्याउनु मार्केटिङ एउटा माध्यम हो ।’ उनले थपे, ‘पोखरामा पैसा कम भएका पर्यटकहरू आउँछन् भन्ने एउटा उखान पनि छ, तर पोखरा भनेको सस्तो डेस्टिनेसन होइन । यो राम्रो र महँगो ठाउँ पनि हो । पोखरालाई गुणस्तरीय र महँगो बनाउनुपर्छ ।’ ब्रान्ड पोखरालाई ग्लोवलाइजेसन गर्न सकेको खण्डमा ब्रान्ड पोखराको नाम अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिने धरेलले बताए ।

त्यस्तै, एनएमएले ‘लेट्स ब्रान्ड नेपाल’ अभियान पनि सुरु गरेको छ । अभियानले नेपालको राष्ट्रिय पहिचानलाई विश्वव्यापीकरण गर्ने लक्ष्य राखेको छ । नेपाली सेवा तथा वस्तुको प्रचारप्रसारमा हुँदै आएको परम्परागत परिपाटीलाई हटाउँदै मार्केटिङको अत्याधुनिक शैलीलाई अवलम्बन गर्ने यो अभियानको उद्देश्य रहेको । नेपालको मार्केटिङ शैलीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पुर्याउन यो अभियानले सहयोगी भूमिका खेल्ने जनाइएको छ ।

यो पनि…
तुलसी धरेल जो नेपाललाई विश्वसामू चिनाउन चाहन्छन् (भिडियो पनि)
नेपालको मार्केटिङलाई धारिलो बनाउन एनएमए (भिडियो पनि…)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।