English

कमला बोहरा खत्रीको ‘परदेशी चेलीको तीज’ (भिडियो पनि)



गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी चेलीको तीज’ बोलको तीज गीत सार्वजनिक भएको छ । कमला बोहरा खत्रीको शब्द रहेको उक्त गीत कमला खत्री युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो ।

गीतमा परदेशमा रहेका छोरीहरूको कथालाई प्रस्तुत गरिएको छ । परदेशमा रहेकी चेलीले तीज आएपछि आफ्नो माइती घर र नेपाललाई कसरी सम्झिन्छिन् भन्ने कुरा भिडियोमा देखाइएको छ ।

सुमन आशिशितको संगीत तथा बिबि अनुरागीको संगीत संयोजन रहेको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन कुशल श्रेष्ठले गरेका हुन् ।

भिडियोमा गायिका दुलाल तथा गीतकार कमला खत्रीसँगै उदयी बहादुर गुरुङ, मिश्र गुरुङ, युवराज खत्री, यशोदा पुन, सानु सुब्बा, बबिता सेवा, रिता मगर, पूजा पाण्डे, रुपा स्ठा, सम्झना पाण्डे लगायतको अभिनय रहेको छ ।

भिडियो :

यो पनि…
सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०