English

‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट



नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । यो फिल्म ४८ औं टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुनेछ ।

विश्वको प्रतिष्ठित फिल्म महोत्सवमा नेपाली फिल्म छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माण टिमले जनाएको छ । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियकरणमा टेवा पु¥याउनेछ भन्ने आशा लिएका छौँ,’ निर्माण टिमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायाङ्कन गरिएको छ । फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि रहेको छ । मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन् । फिल्मका निर्माता नवीन सुब्बा हुन् ।

यस वर्षको टोरन्टो फिल्म फेस्टिभल आगामी सेप्टेम्बर ७ देखि १७ सम्म आयोजना हुँदै छ ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०