English

‘आन्टीकी छोरी’ ल्याउँदै मायुल दुलाल



युवा गायक मायुल दुलालले पहिलोपटक ‘आन्टीकी छोरी’ बोलको गीत बजारमा ल्याउँदै छन् । आर एन्ड बी शैंलीको उक्त गीत टिनएजर र युवा वर्ग लक्षित छ । राइज मिडिया नेटवर्कको प्रोडक्सनमा दर्शकमाँझ आउन लागेको उक्त गीत यसैहप्ता छायांकन गरिदैछ । गायक दुलाल र राइज मिडियाका व्यवस्थापक अशोक गुरुङ बीच हालै सो सम्बन्धी सम्झौतामा भएको हो । भिडियो राइज मिडिया नेटवर्कको युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।

भिडियोमा यतिबेलाकी चर्चित कलाकार एन्जल राई, गायक मायुल र आन्टीको भूमिकामा लक्ष्मी जोशीले अभिनय गर्नेछिन् । अमेरिका निवासी जोशी गीत छायांकनकै लागि यतिबेला नेपालमा छिन् । भिडियोलाई सुब्रत आचार्यले निर्देशन गर्नेछन् । दिनेश पराजुलीको छायांकन रहने गीतको शब्द, संगीत स्वयंम गायककै हो ।

¥याप, आर एन्ड बी, एस्थेटिक जस्ता आधुनिक विधामा रमाउँने दुलालले ४० भन्दा बढी गीत लेखिसकेको बताउँछन् । ‘आन्टीकी छोरी’ उनले छ वर्षअघि लेखेका हुन् । अहिले उक्त गीतको रिहर्रसल भइरहेको छ । मायुल चर्चित लोकदोहोरी गायक घमेश दुलालका छोरा तथा गायिका सुनिता दुलालकी भदा हुन् ।

यो पनि…
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०