English

यी हुन् पृथ्वीका सबैभन्दा लामो समय बाच्ने दुर्लभ जीव



पृथ्वीमा धेरै प्रकारका दुर्लभ जीवहरू पाइन्छ । यी प्राणीहरू आफ्नो विशिष्टताका कारण विश्वभर परिचित छन् । धेरै प्रजातिका जनावरहरूलाई वैज्ञानिकहरूको विशेष सुरक्षामा राखिएको छ । सामान्यतया पानीमा बस्ने जीवहरू लामो समयसम्म जीवित रहन्छन् । आज हामी तपाईँलाई पृथ्वीमा बस्ने ती जीवहरूको बारेमा बताउनेछौँ, जो लामो समयसम्म बाँच्छन् ।

बोहेड ह्वेल

बोहेड ह्वेल आर्कटिक समुद्र वरपर बस्छ । यो २०० वर्ष भन्दा बढी बाँच्न सक्छ । अहिलेसम्मको सबैभन्दा लामो समयसम्म बाँच्ने ह्वेल २११ वर्ष बाँचेको छ । यस ह्वेलको सबैभन्दा नजिकको नातेदार, मिन्के ह्वेल, ६० वर्ष सम्म बाँच्न सक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि बोहेड ह्वेल भित्र एक विशेष प्रकारको जिन (इआरसीसी१) हुन्छ । यो जिनले शरीरको क्षतिग्रस्त डीएनए मर्मत गर्न मद्दत गर्छ। जसका कारण बोहेड ह्वेललाई क्यान्सर जस्तो खतरनाक रोग लाग्दैन ।

कछुवा

कछुवाहरू पनि लामो समयसम्म बाँच्छन् । ग्यालापागोस कछुवा औसत २०० देखि २५० वर्ष बाँच्न सक्छ । अद्वैत नामको कछुवा २२५ वर्ष बाँचेको थियो । यो कछुवाको सन् २००६ मा २२५ वर्षको उमेरमा मृत्यु भएको थियो । वैज्ञानिकहरूका अनुसार कछुवाहरूको लामो आयुको कारण उनीहरूको डीएनए संरचनामा रहेको हुन्छ । तिनीहरूको जिन भेरियन्टहरूले कोशिका भित्र डीएनए मर्मतलाई लामो बनाउँछ, जसले समयको साथ सेलको एन्ट्रोपी बढाउँछ । एउटा प्रमुख कारण हो । यही कारण केही कछुवाहरू २५० वर्षभन्दा बढी बाँच्छन् । ग्यालापागोस कछुवाहरू सात ग्यालापागोस टापुहरूमा बस्छन् र प्रायः पर्यटकहरूले भ्रमण गर्छन् ।

फ्रेस वाटर पर्ल मुसल

फ्रेस वाटर पर्ल मुसलहरू पानीमा बस्ने सबैभन्दा अनौठो जीव हुन् । तिनीहरू पानी भित्रको सूक्ष्म कणहरू फिल्टर गरेर आफ्नो खाना बनाउँछन् । तिनीहरूको पाचन प्रक्रिया धेरै ढिलो हुन्छ । यस कारण, उनीहरू धेरै लामो समयसम्म बाँच्छन् । वैज्ञानिकहरूका अनुसार अहिलेसम्म फेला परेको सबैभन्दा पुरानो मोती सिपी २८० वर्ष भन्दा पुरानो हो ।

ग्रीनल्याण्ड शार्क

यो प्रायः आर्कटिक सागरमा पाइन्छ । ग्रीनल्याण्ड शार्क एकको लम्बाइ वर्षमा १ सेन्टिमिटर मात्र बढ्छ । तिनीहरू धेरै सुस्त माछा हुन् र बिस्तारै पौडी खेल्छन् । वैज्ञानिकहरूका अनुसार ढिलो पौडी खेल्दा उनीहरूको शरीरबाट ऊर्जाको खपत कम हुन्छ । ग्रीनल्याण्ड शार्कहरू लामो समयसम्म बाँच्नुको कारण यही हो । केही ग्रीनल्याण्ड शार्कहरू ४०० वर्षसम्म बाँच्न सक्छन् ।

हाइड्रा

तपाईँले किताबहरूमा हाइड्राको बारेमा पढ्नुभएको हुनुपर्छ । धेरै अनुसन्धान पछि पनि वैज्ञानिकहरू अहिलेसम्म यसको सही उमेर अनुमान गर्न सकेका छैनन् । केही विशेषज्ञहरू को अनुसार, तिनीहरू अमर छन् । यदि तिनीहरूलाई कुनै पनि प्रकारले चोट पु¥याएन भने, तिनीहरू कहिल्यै मर्दैनन् ।

रफआई रकफिस

सबैभन्दा बढी जीवित माछामा रफआई रकफिसको नाम समावेश छ। वासिङ्टन डिपार्टमेन्ट अफ फिस एन्ड वाइल्डलाइफका अनुसार यो माछा कम्तीमा २०५ वर्षसम्म बाँच्न सक्छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
विश्वभर एलियन जहाजको चर्चा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन