English

दाह्री सेभिङ पछि हुने जलनलाई यसरी कम गर्नुहोस्



जसरी केटीहरूको लागि सुन्दर देखिनु जरुरी छ, त्यसै गरी केटाहरू पनि सुन्दर देखिनु जरुरी छ । केटीहरूले आफ्नो छालालाई सुन्दर बनाउन धेरै प्रकारका स्किन केयर ट्रीटमेन्ट लिन्छन् । अर्कोतर्फ, केटाहरू सुन्दर देखिनको लागि ग्रूमिङमा विशेष ध्यान दिन्छन् । कपालको साथसाथै दाह्रीको पनि ख्याल राख्छन् ।

यस्तो अवस्थामा केटाहरूले हरेक हप्ता दाह्री सेभ गर्छन् तर कयौँ पटक सेभ गरिसकेपछि अनुहारमा जलन हुने गरेको देखिन्छ, जसका कारण यसलाई राम्ररी हटाउन नसक्दा यो जलन बढेर चिलाउने र दागहरूमा परिणत हुन्छ । केटाहरूको यो समस्यालाई हेरेर आज हामी तपाईँलाई केही यस्ता कुराको बारेमा बताउन गइरहेका छौँ, जसको प्रयोग गरेर तपाई यस जलनबाट छुटकारा पाउन सक्नुहुन्छ । यी चीजहरू प्रयोग गर्न तपाईँले धेरै पैसा खर्च गर्नु पर्दैन ।

नरिवलको तेल

सेभ गरिसकेपछि अनुहारमा जलन हुन्छ वा अनुहार रातो हुन्छ भने नरिवलको तेल प्रयोग गर्न सक्नुहुन्छ । नरिवलको तेलमा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले तपाईंको छालालाई भित्रैबाट मोइस्चराइज गर्दछ । यसले तपाईँलाई केही समयमै जलनबाट छुटकारा दिनेछ ।

घ्यु कुमारी

घ्यु कुमारी छालासँग सम्बन्धित धेरै समस्याहरूमा फाइदाजनक छ । यदि सेभ गरिसकेपछि तपाईँको छालामा कुनै प्रकारको समस्या छ भने तपाईँले घ्यु कुमारी प्रयोग गर्नु राम्रो हुन्छ ।

फिटकीरी

फिटकीरी प्राय घरमा पाइन्छ । यसमा पाइने तत्त्वले छालाको धेरै समस्या हटाउने गर्छ । यस्तो अवस्थामा यदि तपाईँले अनुहारको जलन हटाउन यसको प्रयोग गर्नुभयो भने तपाईँले छिट्टै आराम पाउनुहुनेछ । यसलाई प्रयोग गर्न, तपाईँले दाह्री काटिसकेपछि अनुहारमा फिटकीरी लगाउनु पर्छ।

बरफ

अनुहारमा सेभ गरिसकेपछि, यदि जलन कम भइरहेको छैन भने, अनुहारमा आइस क्यूब लगाउनुहोस् । यसले जलनका साथै चिलाउने र दागबाट पनि राहत दिन्छ ।

यो पनि…
दाह्रीजुँगालाई कालो र बाक्लो बनाउने यी हुन् उत्तम उपाय
पुरुषका लागि ह्याडसम टिप्स



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा