English

स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा सन्तोष कुमार देवकोटा



डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् ।

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ ।

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडी समेत रहेका थिए । यसैगरी उनी नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजमका संस्थापक निर्देशक समेत हुन् ।

२०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशकयता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन् ।

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचार मूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा सन्तोष कुमार देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रबर्द्धनमा काम गर्ने बताइएको छ ।

यो पनि…
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested