English

साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?



साउनमा महिलाहरूले हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन छ । त्यसैले साउन महिना सुरु भएसँगै हरियो, पहेँलो पहिरन, हातमा मेहेन्दी र चुरा लगाएका महिलाहरूको चहलपहल बाटोघाटो तथा मठमन्दिरमा देखिन्छ । साना–साना बालिकादेखि युवतीहरू पनि साउनमा हरियो चुरा र मेहेन्दी लगाउन उत्साहित हुन्छन् । तर, साउनमा हरियो पहिरन चुरा मेहेन्दी किन लगाइन्छ ? भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ ।

साउन प्रकृतिले नयाँ स्वरूप परिवर्तन गर्ने समय हो । प्रकृतिमा हरियो पन आउने भएकोले आफूलाई पनि प्रकृतिसँग अनुकूल गराउन हरियो पहिरन लगाउने हरियो बोटबिरुवाहरूको पातबाट विभिन्न शृङ्गारको सामानहरू बनाएर लगाउने चलन परापूर्व कालदेखि रहँदै आएको छ । अर्को कुरा साउन महिना भगवान् शिवको एकदम प्यारो महिना भएकाले पनि बेल पत्र तथा अन्य सामाग्रीहरूबाट पूजा गरिन्छ । त्यसैले पनि हरियो रङ्ग लगाउने चलन छ ।

भगवान् शिवलाई कुनै पनि वैभव चाहिँदैन त्याग प्रवृत्ति भए पुग्छ । त्यसैले म पनि सबै कुरा त्यागेर शिवको चरणमा जाँदै छु भन्ने अर्थमा पहेँलो वस्त्रको प्रयोग गरिने चलन चल्दै आएको छ । प्राकृतिक जडीबुटीहरूको लेप हाम्रो शरीरको स्वस्थको लागि अनुकूल हुने भएकाले मेहेन्दीको बिरुवालाई पिसेर हात तथा कपालमा लगाउने चलन पहिले देखिकै हो । एकातिर शृङ्गार र अर्कातिर स्वास्थ्यका लागि पनि अनुकूल हुने भएकोले मेहेन्दी लगाउने चलन छ ।

यसरी हरियो रङ्ग र मेहेन्दीको प्रयोगले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान् शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो पहेँलो कपडा, मेहेन्दी र चुरा लगाउने चलन बढेको हो । हरिया, पहेँला वस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पूजा आराधना गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक मान्यता पनि छ । अर्को कुरा, हातमा लगाएको मेहेन्दी जति गाढा रङ्गको हुन्छ श्रीमान् वा प्रेमीको माया उति नै बढी पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

यो पनि…
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)
पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested